वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन « Khabarhub

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय तथा सरकारी निकायलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी निर्धारित समयभित्र कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि आवश्यक कार्ययोजना बनाउन पनि निर्देशन दिएको छ । त्यस्तै, उपभोक्ता ठगी, वस्तु तथा सेवामा हुने मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न बजार अनुगमनलाई सघन बनाउने निर्णय गरेको छ ।

बैठकले तिहार तथा छठ पर्वका अवसरमा शान्ति सुरक्षा चुस्त राख्न, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन तथा सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।

नागरिकलाई सरल, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा एकल बिन्दु सेवा प्रणाली लागू गरी नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने बैठकको निर्णय छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : १९ बजे

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३००

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल

रसुवा-भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका विपद्‌बाट प्रभावित घरपरिवार एवं व्यक्तिहरुलाई नगद सहायता

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति