फर्स्ट लुकमा भानु प्रतापको ‘पर्पला’ « Khabarhub

फर्स्ट लुकमा भानु प्रतापको ‘पर्पला’


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा बनेको फिल्म ‘पर्पला’ को फर्स्ट लुक सार्वजनिक भएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका विभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर निर्माण गरिएको यो हरर जनराको फिल्ममा मनोज अधिकारीको लेखन तथा निर्देशन छ ।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको हो । फिल्मको दोस्रो चरणको छायांकन चाँडै सुरु हुने निर्माण पक्षले जनाएको छ ।

निर्माता तथा कलाकार भानु प्रतापले फिल्म ‘पर्पला’ निर्माण गरेका हुन् । भानुले यसअघि नेपाली फिल्म ‘लालटिन’ निर्माण गरिसकेका छन् । मनोजले भने अष्ट्रेलियामा बनेको पहिलो नेपाली फिल्म ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए । उनले अष्ट्रेलियन फिल्म ‘गर्ल एडिक्टेड’ निर्देशन गरिसकेका छन् ।

फिल्म ‘पर्पला’मा पुकार गौतम, निखिला बुढाथोकी, रोजी पन्त, प्रेक्षा अधिकारी, अष्ट्रेलियन कलाकार ओल्गा तमराको अभिनय छ । आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन् ।

फिल्ममा अस्ट्रेलियन छायाकार कास्मिर डिक्सनको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा रवीन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली, छवी अधिकारी र सरोजकुमार वाइबाको लगानी छ । फिल्ममा सरस्वती गौतम, सिर्जना ल्वागुन, भीमराज रसाइली, वचनकुमार मल्ल सह–निर्माता छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : १३ बजे

काठमाडौं-९ मा रास्वपाका डोलप्रसाद अर्यालको फराकिलो अग्रता

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

दोलखामा अझै सुरु हुन सकेन मतगणना, ३ बजेबाट सुरु गर्ने तयारी 

दोलखा– दोलखा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य अझै

रौतहट–१ मा रास्वपाका चौधरीले अग्रता लिँदा पूर्वप्रधानमन्त्री नेपाल पाँचौँ स्थानमा

रौतहट– रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ७ हजार ८६७ मतान्तरले अगाडि

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाको हुरीले गणतन्त्रवादी कांग्रेस-एमालेसँगै राजावादी पनि संकटमा, ज्ञानेन्द्रबाहेक राप्रपाका सबै नेता पछाडि

काठमाडौं- नेपालमा राजसंस्थाको पुर्नस्थापना र हिन्दु राष्ट्र नाराको नेतृत्व गर्दै