आन्दोलनले रोकिएको कजाखस्तानमा रेल पुन: सञ्चालन « Khabarhub

आन्दोलनले रोकिएको कजाखस्तानमा रेल पुन: सञ्चालन


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिक अशान्तिले अवरुद्ध भएको कजाखस्तानको यात्रु रेल यातायात पूर्ण रूपमा सञ्चालन भएको छ ।

कजाखस्तानको राष्ट्रिय रेलवे कम्पनी टेमिर झोली (केटीजेट) ले इन्टरनेटको पहुँच बिना टिकटहरू किन्नको लागि डिजिटल प्लेटफर्म पनि खोलेको अन्तर्राष्टिय सञ्चार माध्यमहरुले जनाएका छन्।

झानोजेन र अक्ताउका बासिन्दाहरूले तरल पेट्रोलियम ग्यासको मूल्यमा दुई गुणा वृद्धिको विरोध गरेपछि कजाखस्तानमा व्यापक विरोध प्रदर्शन गरेको थियो। त्यसपछि विरोध प्रदर्शन अन्य शहरहरूमा फैलिएको थियो। जसको परिणामस्वरूप हिंसात्मक झडप, लुटपाट र तोडफोड भयो। जसकारण यात्रु रेल यातायात पनि अवरुद्ध भएको बताइएको थियो।

राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेर स्थिति नियन्त्रणमा ल्याउन सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) शान्ति सेनालाई आमन्त्रित गरेका थिए।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १२ : ०० बजे

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका