अफगानिस्तानका विद्यालय आक्रमणकारीको निशानामाः युनिसेफ « Khabarhub

अफगानिस्तानका विद्यालय आक्रमणकारीको निशानामाः युनिसेफ


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानका सार्वजनिक विद्यालय आक्रमणकारीको निशानामा रहेको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ ।

गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा अहिले तेब्बरले वृद्धि भएको युनिसेफले जनाएको हो।  विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ ।

युनिसेफका अनुसार सन् २०१७ मा आक्रमणका ६८ वटा घटना रहेकामा गतवर्ष सन् २०१८ मा १९२ घटना भएका थिए । सन् २०१५ देखि विद्यालयमा आक्रमण हुनेक्रम बढेको पाइएको हो । अफगानिस्तानमा जारी १८ वर्षदेखिको सशस्त्र युद्धका कारण सन् २०१८ सम्ममा एक हजार विद्यालय बन्द भइसकेका छन् ।

विद्यालय बन्द भएका कारण करिब पाँच लाख बालबालिका शिक्षाको अधिकारबाट बन्चित भएका छन् । युनिसेफका अनुसार विद्यालयमा आक्रमण भएको तथा शिक्षकको हत्या र अपहरण गरिएको छ ।

गत वर्ष संसदको निर्वाचनका लागि मतदाता दर्ताका रुपमा विद्यालयलाई प्रयोग गरिएका कारण पनि विद्यालयमा आक्रमण बढी भएको युनिसेफको भनाइ छ। हाल सातदेखि १७ वर्षको उमेरका करिब ३७ लाख स्कुले बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेका छन् । युनिसेफले बालिकाको असुरक्षा, गरिबी र विभेदले पनि विद्यालयमा बालिकाको उपस्थिति पातलो छ ।

तालिबानले आफू शासनमा रहँदा सन् १९९६ देखि २००१ सम्म बालिका शिक्षामा प्रतिबन्ध लगाएका थिए । तर सन् २००१ मा तालिबान सत्ताच्यूत भएपछि फेरि बालिकाहरुको शिक्षा खुला गरिएको थियो ।

राष्ट्रसंघका अनुसार सन् २०१८ मा मारिएका तीन हजार ८०४ जना व्यक्तिमध्ये ९०० भन्दा बढी बालबालिका रहेका थिए । आक्रमणबाट करिब ७ हजार १८९ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : ०५ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण