मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा सात विद्यार्थी संगठनको समर्थन | Khabarhub Khabarhub

मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा सात विद्यार्थी संगठनको समर्थन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क माग गरेका भन्दै करिब तीन सातादेखि आन्दोलन गरी रहेका विद्यार्थीहरुलाई विभिन्न सात विद्यार्थी संगठनले समर्थन गर्ने जनाएका छन् ।

अतिरिक्त शुल्कको विरोध स्वरुप काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको रिले अनशनलाई एक्यबद्धता जनाउने सात विद्यार्थी संगठनले सोमबार निर्णय गरेको हो ।

रिले अनशनमा रहेका विद्यार्थीहरुलाई संयुक्त विद्यार्थी संगठनका अध्यक्षहरुको उपस्थितिमा पौष २८ गते ऐक्यवद्धता जनाउने सूचनामा उल्लेख गरेको छ ।

सोमबार बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले विद्यार्थीहरुको आन्दोलनलाई एक्वद्धता जनाउने निर्णय गरेको हो ।

‘विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने निर्णय विरुद्ध आफू अध्ययनरत कलेजमा स्वतस्फूर्त रूपमा गरिरहेको आन्दोलन प्रति संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट पूर्ण रुपमा ऐक्यबद्धता जाहेर गर्दछौं,’ संगठनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विभिन्न राजनैतिक पार्टीका नेताहरुसँग शैक्षिक माफिया र मेडिकल माफियाहरुले व्यक्तिगत सम्बन्ध स्थपित गरी आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेको आरोप पनि विद्यार्थी संगठनले लगाएका छन् । .

आन्दोलनरत विद्यार्थीहरु माथि भएको दमनका विरुद्ध गृहमन्त्री र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने पनि संगठनले जनाएको छ ।

विद्यार्थीहरुको समस्या समाधानको लागि चिकित्सा शिक्षा आयोग र काठमाडौं विशविद्यालयसँग आवश्यक छलफल गर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ४५ बजे

गण्डकीमा घरेलु मदिरालाई कानूनी मान्यता, उद्योग दर्ताको बाटो खुला

पोखरा– गण्डकी प्रदेशमा स्थानीय स्तरमा उत्पादित घरेलु मदिरालाई कानूनी मान्यता दिइने

चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो

काठमाडौं – चीनमा भएको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी

‘बैङ्किङ बजार नियम सङ्गत छैन’

काठमाडौं– आगामी आर्थिक वर्षका लागि तीनै तहका सरकारले बजेट ल्याइसकेका

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत प्रश्नोत्तर हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बैठक

३६७ रनमा अविजित अफ्रिकी कप्तान मल्डरले लाराको सम्मानमा छाडे कीर्तिमान !

काठमाडौं – जिम्बाबे विरुद्धको दोस्रो टेस्टमा दक्षिणी अफ्रिकी कप्तान वियान