ललितपुरका विद्यार्थीलाई आजदेखि फाइजर खोप दिइँदै | Khabarhub Khabarhub

ललितपुरका विद्यार्थीलाई आजदेखि फाइजर खोप दिइँदै


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई आजदेखि विद्यालयहरुमा फाइजर खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका खोप सुपर भाइचर पार्थमणी न्यौपानेकाअनुसार ललितपुर महानगरका विभिन्न विद्यालयमा आजदेखि २ माघसम्म कोरोना विरुद्धको खोप दिने कार्यक्रम छ । महालक्ष्मी नगरमा ४ माघसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ भने गोदावरीमा ३ गतेसम्म खोप लगाउन सकिन्छ ।

दक्षिण ललितपुरका महाकाल गाउँपालिकामा मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन हुँदैछ । कोञ्ज्योसोम गाउँपालिकाका विद्यालयमा २९ पुससम्म र वागमती गाउँपालिकामा ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ ।

स्थास्थ्य कार्यालयकाअनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर बायोएनटेक खोपको पहिलो मात्रा दिने कार्यक्रम सुरु हुन लागेको हो ।

न्यौपानेले नेपाली बच्चाहरुलाई पहिलोपल्ट अमेरिकी फाइजर खोप दिन लागिएको बताए । आजबाट फाइजर काठमाडौं र ललितपुरमा लगाउने कार्यक्रम छ । उनकाअनुसार दोस्रो मात्रा भने २४ माघबाट सुरु हुनेछ ।

ललितपुरका विद्यालयसँगै केही स्वास्थ्य केन्द्रमा समेत खोप लगाउने कार्यक्रम छ ।

यो खोप कोभ्याक्समार्फत नेपाल सरकारलाई अनुदानमा आएको हो । भक्तपुरमा सोमबारबाट नै विद्यार्थीलाई मोर्डना खोप दिन थालिएको छ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ११ : २७ बजे

रेमिट्यान्स १५.५ प्रतिशतले बढ्यो, निर्यात ५.१ प्रतिशतले घट्यो

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा रेमिट्यान्स (विप्रेषण

भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन् । शाङ्घाई

अफ्रिकन अमेरिकी र ल्याटिनोमा ह्यारिसको चासो

काठमाडौं– अमेरिकामा ५ नोभेम्बरमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि सरगर्मी

दशैँजति विदेशमै मनाइरहने राजेशपायल !

काठमाडौं – गायक राजेश पायल राईलाई नजिकका मान्छेले भन्छन्, ‘६

जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च

तनहुँ– बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका