एमाले दैलेखको नेतृत्वको लागि निर्वाचन हुँदै « Khabarhub

एमाले दैलेखको नेतृत्वको लागि निर्वाचन हुँदै


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्न नसकेपछि निर्वाचन हुने भएको छ ।

अध्यक्षसहित सबै पदाधिकारी तथा खुला सदस्य पदमा निर्वाचन हुन लागेको हो । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध चयन भएका छन् ।

अध्यक्षमा रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । उपसचिव पुरुष (खुला)तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपसचिव महिलातर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको छ । आजै मतदान हुने नेकपा एमाले दैलेखले जनाएको छ । जिल्ला कमिटीमा सदस्यमा भने निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : ३५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण