एमाले दैलेखको नेतृत्वको लागि निर्वाचन हुँदै | Khabarhub Khabarhub

एमाले दैलेखको नेतृत्वको लागि निर्वाचन हुँदै


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्न नसकेपछि निर्वाचन हुने भएको छ ।

अध्यक्षसहित सबै पदाधिकारी तथा खुला सदस्य पदमा निर्वाचन हुन लागेको हो । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध चयन भएका छन् ।

अध्यक्षमा रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । उपसचिव पुरुष (खुला)तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपसचिव महिलातर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको छ । आजै मतदान हुने नेकपा एमाले दैलेखले जनाएको छ । जिल्ला कमिटीमा सदस्यमा भने निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : ३५ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका