मेडिकल शुल्कबारे गृह मन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

मेडिकल शुल्कबारे गृह मन्त्रीको ध्यानाकर्षण


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कका सम्बन्धमा गराएको ध्यानाकर्षणलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

सात विद्यार्थी सङ्गठनले मंगलबार मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खाँणले यस सम्बन्धमा परामर्श गरेर अघि बढ्ने आश्वासन दिए ।

ध्यानाकर्षणपत्र बुझाउनेमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौँलगायत विद्यार्थी सङ्गठन थिए । मन्त्री खाँणले शिक्षा मन्त्रालयमार्फत यो विषय आएमा आफूलाई सहज हुने र शिक्षा मन्त्रीलाई पनि ध्यानाकर्षण गराउन आग्रह गरेका थिए ।

विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएर ज्याजति गरेको भन्दै छानबिन गरी दोषी भेटिए कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ०६ बजे

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा