अभिनेता विपिन भन्छन्–अनिल कपूरबाट केही सिक्नेछु « Khabarhub

अभिनेता विपिन भन्छन्–अनिल कपूरबाट केही सिक्नेछु


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’मा चाँडै अभिनय गर्दैछन् । उनी यो फिल्ममा अभिनयका लागि आगामी जुलाई, अगष्टमा मुम्बई जाँदैछन् । फिल्ममा उनको अधिकांश दृश्य अभिनेता अनिल कपुरसँग हुनेछ ।

विपिन आफैं अभिनेता अनिलको फ्यान हुन् । विपिनले अनिल अभिनित फिल्म ‘मिष्टर इण्डिया’ देखि लिएर ‘वेलकम’ सम्म हेरेका छन् । उनकै भनाईमा अनिलको फिल्म नछुटाई हेर्छन् ।

‘निर्माण पक्षले मलाई ‘एनिमल’को भूमिकाबारे विस्तृत बताएको छैन । तर अधिकांश भूमिका अनिल कपुरसँग छ भनिएको छ’, विपिनले खबरहबसँग भने, ‘अनिल कपुरको विशेषता के हो भने उहाँ कुनै न कुनै कोणबाट आफ्नो छाप छोडिरहनुहुन्छ । ठूलो होस् वा सानो भूमिका, जुनसुकै चरित्रमा पनि उहाँले छाप छोड्नुभएको छ ।’

विपिनका अनुसार अनिलको अभिनयबाट उनी प्रभावित भन्दा पनि उनको अभिनय शैलीको फ्यान हुन् । ‘उहाँको काम गर्ने शैली मनपर्छ । त्यसकारण अनिल कपूरबाट केही सिक्नेछु’, उनले भने ।

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’का निर्देशक सन्दिप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा अनिल र विपिनसँगै रणवीर कपूर, बबी देओल र परिणीति चोपडाको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ३ : ५४ बजे

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा