सुनौली नाकाबाट स्पेयर पार्टसको अवैध आयातले राजस्वमा धक्का ! « Khabarhub

सुनौली नाकाबाट स्पेयर पार्टसको अवैध आयातले राजस्वमा धक्का !


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा अवैध रुपमा सवारी साधनका स्पेयर पार्टसको आयात बढ्न थालेको छ ।

भन्सार छलेर आयात गरिएका सामानको मात्रा बढेसँगै सरकारलाई रावश्व संकलनमा धक्का पुुगेको छ ।

नेपालको मुख्य नाकामध्येको एक सुनौली नाकाबाट अवैधरुपमा ठुलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ । जसबाट राज्यलाई दिनहु ठुलो मात्रामा राजस्व संकलनमा नोक्सानी भएको छ ।

 अधिकारीक रुपमा गाडीमा लाग्ने पार्टसहरु भित्राउँदा मुःअःकर सहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनु पर्ने हुन्छ । तर यी सामान अवैध तवरबाट भित्रिँदा सरकारलाई दैनिक लाखौको राजस्व नोक्सानि हुँदै आइरहेको छ ।

भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरि बसेका जमुना एण्ड सन्सका सञ्ंचालकअनुसार संबन्धित निकायले कुनै चासो नदिंदा दैनिक खपतको ६० प्रतिशतभन्दा बढी पार्टसहरु अवैध तवरले आयात भैइरहेका छन् ।

रुपन्देही, कपिलवस्तु तथा नवलपरासीका सम्पुर्ण क्षेत्रमा अवैध रुपमा ल्याइएका सामान नै प्रयोग भएको पाइन्छ । बुटवल मैनाबगरमा अटो पार्टसको व्यवसाय गरेर बसेको श्रीकृष अटोमोवाइलका संचालक सुरज रेश्मी मगर सरोकारवाला निकायले अवैध आयात निरुत्साहित गर्ने योजना नबनाएको गुनासो गर्छन् ।

सम्बन्धित निकायलाईै जानकारी गराउँदा पनि नियमनको काम नभएका बुटवल इन्जिनियारिङ एसोसिएसनका उपादक्ष्य बाबुराम आचाय बताउँछन् । यसले सरकारले दैनिक लाखौ नोक्सानी व्यहोर्नुपरेको उनको बुुझाइ छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ५ : ०३ बजे

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि