कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द « Khabarhub

कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तर्गतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए ।

हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परीक्षण भइरहेको छ । ३ माघदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोप कार्ड तथा एन्टीजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ ।

यस्तै, गाउँपालिका अन्तर्गतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ४ : ५० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र