दुई देशको सीमा विवाद आपसी समझदारीमा हल गरौँ– भारतीय दूतावास « Khabarhub

दुई देशको सीमा विवाद आपसी समझदारीमा हल गरौँ– भारतीय दूतावास


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइपछि नेपालमा उत्पन्न विरोधाभाषलाई वार्ताबाट सम्बोधन गर्न भारत तयार रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्तिमार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रतिक्रियाको जवाफमा यस्तो उल्लेख गरेको हो ।

उसले नेपालमा विभिन्न दलहरुले भारतीय प्रधानमन्त्री मोदीको अभिब्यक्तिपछि विज्ञप्ति निकालेर तथा प्रदर्शन गरेर विरोध जनाएपछि त्यसका विषयमा सञ्चारमाध्यमले राखेका जिज्ञासाको जवाफ दिएको हो ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आपसी संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्रहरु नै उपयुक्त छन् भन्ने हाम्रो धारणा छ। पारस्परिक रूपमा सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन् त्यसलाई आपसी समझदारीमा समाधान गर्न भारत आफ्नो पुरानो र हितैषी सम्बन्ध भएको नेपालका लागि सधै तयार छ ।’

भारतले जारी गरेको विज्ञप्ति यहाँ हेर्नुहोस्

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ०७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र