दुई देशको सीमा विवाद आपसी समझदारीमा हल गरौँ– भारतीय दूतावास « Khabarhub

दुई देशको सीमा विवाद आपसी समझदारीमा हल गरौँ– भारतीय दूतावास


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइपछि नेपालमा उत्पन्न विरोधाभाषलाई वार्ताबाट सम्बोधन गर्न भारत तयार रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्तिमार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रतिक्रियाको जवाफमा यस्तो उल्लेख गरेको हो ।

उसले नेपालमा विभिन्न दलहरुले भारतीय प्रधानमन्त्री मोदीको अभिब्यक्तिपछि विज्ञप्ति निकालेर तथा प्रदर्शन गरेर विरोध जनाएपछि त्यसका विषयमा सञ्चारमाध्यमले राखेका जिज्ञासाको जवाफ दिएको हो ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आपसी संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्रहरु नै उपयुक्त छन् भन्ने हाम्रो धारणा छ। पारस्परिक रूपमा सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन् त्यसलाई आपसी समझदारीमा समाधान गर्न भारत आफ्नो पुरानो र हितैषी सम्बन्ध भएको नेपालका लागि सधै तयार छ ।’

भारतले जारी गरेको विज्ञप्ति यहाँ हेर्नुहोस्

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ०७ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक