सागको तयारीको प्रारम्भिक प्रशिक्षणमा बिहीवारदेखि | Khabarhub Khabarhub

सागको तयारीको प्रारम्भिक प्रशिक्षणमा बिहीवारदेखि


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षण शुरु भएको छ ।

डिसेम्बर पहिलो साता हुन लागेको खेलको प्रारम्भिक छनोटमा ७ खेलका ८४ जना खेलाडी सहभागी हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहिबारदेखि औपचारिक रुपमा सुरु गर्न लागेको विशेष प्रशिक्षणमा प्रारम्भिक रुपमा ७ खेलका खेलाडीलाई मात्रै सहभागी गराएको हो ।

राखेपले पहिलो चरणमा स्क्वास, जुडो, भारोत्तोलन, पाराग्लाईडिङ, आर्चरी, सुटिङ र टेबलटेनिसका खेलाडीको प्रशिक्षण सुरु गर्न लागेको हो । यसअघि युवा तथा खेलकुद मन्त्रालयले जेठ पहिलो सातादेखि सबै खेलको प्रशिक्षण सुरु गर्ने बताएपनि बजेट अभाव देखिएपछि पहिलो चरणमा ७ खेलको प्रशिक्षण शुरु गरीएको हो ।

विशेष प्रशिक्षणको उद्घाटन गर्दै राखेप सदस्य सविच केशवकुमार विष्टले खेलाडीले अनुशासनमा रहेर प्रशिक्षकले सिकाएको सिप सिक्नुपर्ने भन्दै सुझाव दिएका थिए । सागका लागि खेलाडीको अन्तिम छनोट भदौमा हुने राखेप च्याम्पियनसिपबाट हुनेछ पनि सदस्य सचिव बिष्टले बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १० : ५१ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण