मनाङका ६१ घरपरिवार बाढीपीडितलाई प्रदेश सरकारको राहत | Khabarhub Khabarhub

मनाङका ६१ घरपरिवार बाढीपीडितलाई प्रदेश सरकारको राहत


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ ।

प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको बताए ।

उनकाअनुसार गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भए पनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएका छन् पाँच जनाको भेरीफाई हुन बाँकी भएकाले राहत प्रदान गरिएको छैन । प्रदेश सरकारले क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन उक्त रकम बाढीपिडितलाई प्रदान गरेको हो । प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको उनले बताए। उनकाअनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि आएको हो।

संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको बताए। मनाङमा पुननिर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : २५ बजे

बागलुङका बालबालिकालाई आईपीभी खोप लगाइँदै

बागलुङ– बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी– गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी

चर्चामा विश्वका सुन्दर एयरपोर्ट

यात्रा धेरैको सोख हुनसक्छ। धेरैलाई यसमा रमाइलो लाग्छ। घुम्न सौखिनका

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी– भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ

जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी