भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग यही वर्षको अन्त्यतिर अनौपचारिक भेटवार्ता गर्ने भएका छन् ।

भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति सीसँग अनौपचारिक भेटवार्ता गर्ने जनाएको हो ।

यसअघि गत वर्षको अप्रिल महिनामा दुई नेताबीच भएको अनौपचारिक भेटवार्ताका क्रममा अर्को वर्ष पुनः भेटवार्ता गर्ने गरी भएको सम्झौता अनुसार यस वर्षको उत्तरार्धमा पुनः भेटवार्ता हुने जनाइएको छ ।

भेटवार्ताको मिति तथा स्थान भने कुटनीतिक च्यानलमार्फत तय गरिने बताइएको छ । यद्यपि भारतीय सञ्चारमाध्यमले भने दुई नेताबीच अक्टोबर महिनामा बनारसमा भेटवार्ता हुनसक्ने जनाएका छन् ।

दुई वर्षअघि चीन र भुटानको सीमा क्षेत्रमा तनाव उत्पन्न भएयता सम्बन्ध सुधारका दिशामा रहेका दुई मुलुकका नेताबीच हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १२ : ३० बजे

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की