भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग यही वर्षको अन्त्यतिर अनौपचारिक भेटवार्ता गर्ने भएका छन् ।

भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति सीसँग अनौपचारिक भेटवार्ता गर्ने जनाएको हो ।

यसअघि गत वर्षको अप्रिल महिनामा दुई नेताबीच भएको अनौपचारिक भेटवार्ताका क्रममा अर्को वर्ष पुनः भेटवार्ता गर्ने गरी भएको सम्झौता अनुसार यस वर्षको उत्तरार्धमा पुनः भेटवार्ता हुने जनाइएको छ ।

भेटवार्ताको मिति तथा स्थान भने कुटनीतिक च्यानलमार्फत तय गरिने बताइएको छ । यद्यपि भारतीय सञ्चारमाध्यमले भने दुई नेताबीच अक्टोबर महिनामा बनारसमा भेटवार्ता हुनसक्ने जनाएका छन् ।

दुई वर्षअघि चीन र भुटानको सीमा क्षेत्रमा तनाव उत्पन्न भएयता सम्बन्ध सुधारका दिशामा रहेका दुई मुलुकका नेताबीच हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १२ : ३० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह