गाउँमै खपत हुन्छ दूध, नबिके छुर्पी « Khabarhub

गाउँमै खपत हुन्छ दूध, नबिके छुर्पी


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– दुई दशक अघिसम्म दूध उत्पादन भए पनि बजारको समस्या थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको दूध घरमै उपयोग गर्नुको विकल्प नै थिएन ।

तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसान यी र यस्तै समस्या झेलिएका थिए । यहाँका किसानले उत्पादन गरेको दूध करिब चार घण्टा लामो बाटो बोकेर चित्र बजारसम्म पुर्‍याएर बिक्री गर्नुपर्ने बाध्यता थियो ।

तर,अहिले अवस्था फेरिएको छ । गाउँगाउँमा दूध सहकारी संस्था खुलेका छन् । सहकारीले दूध संकलन गर्दै आएका छन् । गाउँगाउँमा सडक सञ्जालहरु जोडिएसँगै यहाँका किसानको अवस्था फेरिएको छ। सहकारीले दूध संकलन सुरु गरेपछि बिक्री गर्न समेत सहज बनेको छ।

गाउँमै दूध बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा गाईपालन गरी दूध बिक्री गर्दै आएका छन् । छथर गाउँपालिका २ का झमक कटुवालले दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् । कटुवालले दूध बिक्रीबाटै वार्षिक ३ लाख ५० हजार बढी आम्दानी गर्छन् ।

झमकजस्तै यामबहादुर कटुवा पनि दैनिक २५ लिटर दूध बिक्री गर्छन् । उनले वार्षिक ३ लाख आम्दानी गर्ने गरेका छन् । झमक र यामबहादुरजस्तै यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै दूध उत्पादन बनेको छ । किसानले उत्पादन गरेको दूध गाउँमै खपत गर्ने उद्देश्यले सहकारी संस्थाले छुर्पी उद्योग सुरु गरेका छन् ।

छुर्पी उद्योग सुरु गरेसँगै किसानलाई थप टेवा पुगेको जलकन्या पशुपालन तथा कृषक सहकारी संस्थाका अध्यक्ष तथा छथर छुर्पी समूहका ब्यावस्थापक डम्बर बहादुर भट्टराईले बताए ।

दूग्ध उत्पादक जिल्ला सहकारी संस्थाको तथ्यांक अनुसार जिल्लामा दैनिक १७ हजार लिटर दूध उत्पादन हुन्छ । जिल्लाको २८ वटा सहकारीमा आवद्ध किसानले दूध उत्पादन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष बुद्धिमान खुलालले बताए । गत दुई वर्षको तुलनामा जिल्लामा दूध उत्पादन दोब्बरले बढेको छ । संघले जिल्लाका दूग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग साझेदारी गरेर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

१४ सय किसानले उत्पादन गर्दै आएको दूध गाउँगाउँमा स्थापना भएका छुर्पी उद्योगमा खपत हुँदै आएको छ । जिल्लाममा खपत भएर बचेको दूध मात्रै दुग्ध संस्थानमा बिक्री हुन्छ । न्यूजकारखाना

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ४ : ०० बजे

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ