सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु « Khabarhub

सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । सप्तरीको रूपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

१ माघमा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियोे । पीसीआर परीक्षणका लागि २ गते स्वाव लिइएको थियो । ३ माघमा रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । उनले भने, ‘महिलाले भ्याक्सिन लिएको भए पनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएकी थिइन् ।’

२ माघमा पीसीआरका लागि ७५ जनाको स्वाव संकलन गरेकोमा ६५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवको भनाइ छ । यो सँग सप्तरीमा कोरोना पोजेटिभको संख्या एक सय पाँच पुगेको छ ।

संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताए । उनीहरू होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : १५ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक