काठमाडौँ उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक

सरकार भन्छ- लकडाउन हुन्न


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन् । तीनै जिल्लाले मंगलबार दिउँसो एकै प्रकृतिको आदेश जारी गर्दै नरम खालको लकडाउनको निर्णय गरेका हुन् ।

‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौँ जिल्ला प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरेको छ। उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ । मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको छ ।

भौतिक रूपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरिएको छ ।

यसैबीच सरकारले लकडाउन नगर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले लकडाउनको पक्षमा सरकार नरहेको स्पष्ट पारेको छ । संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेलले यस्तो बताएका हुन् । ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीड नियन्त्रण होस् । स्वास्थ्य मन्त्रालय लडकडाउनको विरुद्धमा छ,’ उनले भने।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ०४ बजे

एनएलजी इन्स्योरेन्सको ३ लाख बढी कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं– एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३.२२ कित्ता

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं– नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको

बजेट अभावले लमजुङ दरबार पुनर्निर्माण अलपत्र

लमजुङ– बजेट अभावले लमजुङ दरबार पुनर्निर्माण अझै सम्पन्न हुन सकेको

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकटका लागि सम्झौता

झापा– क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स

आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज