कोरोनाले पर्यटन व्यवसाय खस्कँदै « Khabarhub

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् ।

कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि पुनः सञ्चालनमा आएको थियो । फेरी सङ्क्रमण बढेपछि व्यवसायी चिन्तित भएका हुन् । दैनिक तीव्र गतिमा सङ्क्रमितको सङ्ख्या बढदै जान थालेपछि पर्यटकीय क्षेत्र सुनसान बन्दै गएका छन् । आन्तरिक पर्यटकका लागि मुख्य यामको रुपमा लिइने यो समयमा पर्यटकको चहलपहल छैन ।

केही दिनअघिसम्म हिउँ खेल्न आउने पर्यटकका कारण बढेको चहलपहल हाल कालीञ्चोक, चरीकोटलगायत क्षेत्रमा सुनसान छ । पर्यटनलाई लक्षित गरी व्यवसायीले करोडौँ रुपैयाँ लगानी गरेका थिए । पटक–पटक कोभिड–१९ का कारण बन्द हुन थालेपछि व्यवसायीलाई ठूलो क्षति पुगेको व्यवसायी दिनेश बस्नेतले बताए ।

उनले भने, ‘केही राहत महसुस भएको थियो, फेरी व्यवसाय बन्द हुने अवस्था आयो ।’

दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईन्द्र श्रेष्ठले कोरोना त्रासले व्यापार व्यवसाय पुनः चौपट भएको बताए । पछिल्लो समय जिल्लामा पर्यटकलाई लक्षित गरी होटलमा लगानी बढेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ५ : १५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच