सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना « Khabarhub

सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा आएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयले सहायता कक्ष स्थापना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवती लगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरूले धेरै दुख पाउनु परेको छ । विदेश जानु पर्व केही जानकारी हासिल गरेर मात्र विदेश जानु पर्ने प्रजिअ देवकोटाले बताए ।

वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संस्थागत पहल, आवश्यक प्रमाणहरू सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अवलम्बन, क्षतिपूर्ति र विदेशमा सम्पर्क र समन्वय लगायत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानु पर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।

टेलिभिजनमार्फत वैदेशिक रोजगारी सम्बन्धी सचेतना मूलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ । वैदेशिक रोजगारी जानेहरूले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन् ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १० : ४० बजे

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय