कारागारमा रहेका रेशम चौधरी अस्वस्थ « Khabarhub

कारागारमा रहेका रेशम चौधरी अस्वस्थ


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कारगारमा रहेका राजपा नेपालका नेता रेशम चौधरी अस्वस्थ भएका छन् । डिल्लीबजार सदरखोरमा रहेका चौधरीको छातीमा इन्फेक्सन भएको र केही दिनदेखि अस्वस्थ रहेको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले जानकारी दिए । संयोजक झा आजै चौधरीको अवस्था बुझ्न सदरखोर गएका थिए ।

चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराउँदा विभागले उचित उपचार गराउने गराउने प्रतिबद्धता जनाएको छ । यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए ।

यसैबीच, रेशम चौधरीकी श्रीमती रन्जिता (श्रेष्ठ) चौधरीले उनलाई अस्पताल भर्ना गरेर राख्नुपर्ने माग गरेकी छिन् । कैलालीको टीकापुर घटनामा मुख्य दोषी रहेको भन्दै जिल्ला अदालत कैलालीले जन्मकैद फैसला सुनाएपछि चौधरीले जेल सजाय भुक्तान गरिरहेका हुन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एकबालक सहित आठजनाको मृत्यु भएको थियो ।

प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाए पनि स्वतः निलम्बनमा परेका थिए । न्यायिक हिरासतमा हुँदै चौधरीले सांसद पदको शपथ लिएका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  २ : ३७ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि