कारागारमा रहेका रेशम चौधरी अस्वस्थ « Khabarhub

कारागारमा रहेका रेशम चौधरी अस्वस्थ


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कारगारमा रहेका राजपा नेपालका नेता रेशम चौधरी अस्वस्थ भएका छन् । डिल्लीबजार सदरखोरमा रहेका चौधरीको छातीमा इन्फेक्सन भएको र केही दिनदेखि अस्वस्थ रहेको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले जानकारी दिए । संयोजक झा आजै चौधरीको अवस्था बुझ्न सदरखोर गएका थिए ।

चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराउँदा विभागले उचित उपचार गराउने गराउने प्रतिबद्धता जनाएको छ । यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए ।

यसैबीच, रेशम चौधरीकी श्रीमती रन्जिता (श्रेष्ठ) चौधरीले उनलाई अस्पताल भर्ना गरेर राख्नुपर्ने माग गरेकी छिन् । कैलालीको टीकापुर घटनामा मुख्य दोषी रहेको भन्दै जिल्ला अदालत कैलालीले जन्मकैद फैसला सुनाएपछि चौधरीले जेल सजाय भुक्तान गरिरहेका हुन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एकबालक सहित आठजनाको मृत्यु भएको थियो ।

प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाए पनि स्वतः निलम्बनमा परेका थिए । न्यायिक हिरासतमा हुँदै चौधरीले सांसद पदको शपथ लिएका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  २ : ३७ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि