जनप्रतिनिधी र कर्मचारीमा कोरोना, नगरपालिकाको सेवा प्रवाह बन्द « Khabarhub

जनप्रतिनिधी र कर्मचारीमा कोरोना, नगरपालिकाको सेवा प्रवाह बन्द


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसीङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्मका लागि नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरेको हो । कार्यलयबाट सामान्य सेवा प्रवाह बन्द गरिएपनि अत्यावश्यक सेवा प्रवाह भने बन्द नहुने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नगरपालिकाले विहिबार देखि आगामी १२ गते सम्मका लागि नगरपालिका र मातहतका सवै वडा कार्यालयबाट उपलब्ध सेवा प्रवाह बन्द गराएको हो । मध्येनपाल नगरपालिकामा नगरप्रमुख सहित केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरप्रमूख रमेशकुमार पाण्डेले केहिदिन अघि मात्रै सामाजिक सञ्जाल मार्फत आँफुलाई कोरोना संक्रमण भएको भन्दै आफ्नो सम्पर्कमा रहेका व्यक्तीहरुलाई सतर्क रहन आग्रह गरेका थिए ।

पछिल्लो तिन दिनमा मात्रै पालिका भित्र २५ जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमूख सुर्यप्रसाद पौडेलले जानकारी दिए । यसैविच मध्यनेपाल नगरपालिकाले कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : १५ बजे

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा

काठमाडौं– कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै