राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका कार्की दिक्तेलमा « Khabarhub

राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका कार्की दिक्तेलमा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– पर्यटन प्रवर्द्धन एवं लागू औषध विरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिन्चोक गाउँपालिका–३ लामिडाँडा पोखरेका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् ।

‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौं’ भन्ने मूल नाराका साथ तमु ल्होसारको दिन पारेर गत १५ पुसदेखि चरिकोटबाट राष्ट्रव्यापी साइकल यात्रा सुरु गरेका कार्की खोटाङ आइपुगेका छन् ।

दोलखाबाट रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बु हुँदै खोटाङ आइपुगेका साइकल यात्री कार्कीलाई जिल्ला समन्वय समितिकोतर्फबाट जिल्लामा स्वागत गर्दै सफलताको शुभकामना दिइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले खादा र अबिर लगाइदिएर नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै साइकल यात्राको सफलताको कामना गरेका छन् । उनलाई विश्व साइकल यात्रा सुरु गरेका खोटाङका कर्ण श्रेष्ठले पनि बधाई तथा शुभकामना दिएका छन् ।

‘विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकता’को कामना गर्दै आफ्नो जन्मदिनको अवसरमा गत ६ फागुन २०७७ देखि ३७ दिनमा पूर्व मेची–महाकाली पैदल यात्रा पुरा गरेका कार्की पुनः राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका हुन् । दोलखा लगायतका पर्यटकीय स्थलको पर्चा प्रसार एवं ऐतिहासिक तथ्य संकलन र विकासका बारेमा युवा सहभागिताको लागि जागरण अभियान सञ्चालन गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेको कार्कीले बताए ।

करिब सय दिनमा ७७ वटै जिल्लामा पुगेर राष्ट्रव्यापी साइकल यात्रा पुरा गर्ने कार्कीको लक्ष्य छ । कतिपय विद्यालयमा पुगेर विद्यार्थीसँग फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनको समस्या र रोकथामका उपायबारे छलफल गर्ने गरेको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : २६ बजे

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति