विद्युत् सञ्चालनको सम्झौता रद्द गर्ने सहमति « Khabarhub

विद्युत् सञ्चालनको सम्झौता रद्द गर्ने सहमति


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र नेपाल विद्युत् प्राधिकरणले फिर्ता लिने भएको छ ।

प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको सम्झौता खारेज गरेर आफ्नै स्वामित्वमा सञ्चालन गर्ने गरी सहमति भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ ।

सदरमुकाममा विद्युत् आपूर्ति नहुँदा पटकपटक सेवाग्राहीले आन्दोलन गर्ने, धर्ना गर्नेजस्ता कार्य हुँदै आएकाले उक्त विद्युत्मा राष्ट्रिय प्रसारण लाइन जडान गर्ने गरी तीन महिनाभित्र सम्झौता रद्द गर्ने सहमति भएको वितरण केन्द्रका प्रमुख ललितकुमार मण्डलले बताए ।

प्राधिकरणले तीन महिनाभित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता खारेज गरेर पुनः आफ्नै स्वामित्वमा लिने पत्र जिल्ला वितरण कार्यालयलाई पठाएको मण्डलले जानकारी दिए । साना जलविद्युत् केन्द्र निर्माण भएर सेवा सञ्चालन गर्दा ७४५ ग्राहकलाई सेवा दिने सर्तसहित मार्तडी साना जलविद्युत् केन्द्र सञ्चालनको जिम्मा त्रिवेणी सहकारीले लिएको थियो ।

विसं २०६६ मा सञ्चालनको स्वामित्व लिएको सहकारीसँग हाल दुई हजार १०० बढी विद्युत् सेवा लिने ग्राहक रहेका छन् । दैनिक ८०० किलोवाट क्षमताभन्दा बढीको विद्युत् खपत हुने भए पनि सहकारीले २०० किलोवाट क्षमता मात्र वितरण गरिरहेको छ । त्यसका कारण दैनिक पाँचदेखि १० घण्टा विद्युत् अवरुद्ध हुने समस्याबाट सेवाग्राही हैरानी बनेका छन् ।

मागअनुसारको विद्युत् पूर्ति गर्न त्रिवेणीले नसक्ने भएपछि फिर्ता गर्न सहकारी पनि तयार देखिएको छ । प्राधिकरणले तीन महिनाभित्र विद्युत् सम्झौता रद्द गरी आफ्नै स्वामित्वमा सञ्चालन गर्ने प्रक्रिया नै सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ५९ बजे

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले