लुम्बिनीमा ढुवानी कार्डमार्फत मालसमान लोड गर्ने « Khabarhub

लुम्बिनीमा ढुवानी कार्डमार्फत मालसमान लोड गर्ने


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशभित्रका ट्रक यातायात व्यवसायीले दुर्घटना न्यूनीकरण, कोभिडको महामारीबाट सुरक्षित रहन र ढुवानीको उचित भाडा लिनका लागि पार्किङ स्थलमा गाडी राख्ने र जोरबिजोर प्रणालीमा ढुवानी कार्डमार्फत लोडिङ गर्ने निर्णय गरेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको रुपन्देहीमा भएको भेलाले प्रदेशका सवै यातायात व्यवसायी संघसंस्थाले आ-आफनो क्षेत्रमा पार्किङ स्थल बनाएर सोही स्थानबाट गाडी सञ्चालन गराउने निर्णय गरेको छ ।

महासंघले गरेको निर्णयलाई वेवास्ता गरी कार्यान्वयन नगर्ने सवारी धनीलाई संस्थावाट उपलब्ध गराउने दुर्घटना सुविधावाट बन्चित गर्ने समेत भेलाले निर्णय गरेको लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

भेलाले ईन्धनमा भएको मूल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न नेपाल सरकार र सरोकारवाला निकायमा तत्काल अनुरोध गर्ने र सबै व्यवसायीहरुले नयाँ भाडादरमा ढुवानी गराउन निर्देशन गर्ने र कोभिडको प्रकोपवाट सुरक्षित हुन जोर विजोर प्रणालीमा ढुवानी गर्ने निर्णय गरेको छ ।

१५ माघसम्म प्रचारप्रसार गरी सबै गाडी धनी र चालकलाई जानकारी गराउने र २१ माघदेखि पार्किङ स्थलवाट ढुवानी कार्ड मार्फत लोडिङ गर्ने व्यवस्था मिलाउने निर्णय लुम्बिनी प्रदेशले गरेकोमा अन्य प्रदेशमा रहेका यातायात व्यवसायीहरुलाई पनि यो निर्णय लागू गराउन महासंघले पहल गर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए ।

भेलाले पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्षद्वय गणेश घिमिरे, गुप्तबहादुर केसी रामु, व्यवसायी युवराज पन्त, बसन्त खड्का, राप्तीका ईश्वरी पाण्डेलाई प्रदेश सदस्यमा मनोनित गरेको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ३४ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण