सिमानामा तत्काल होल्डिङ्ग सेन्टर निर्माण गर्न मधेस प्रदेश सरकारसँग माग « Khabarhub

सिमानामा तत्काल होल्डिङ्ग सेन्टर निर्माण गर्न मधेस प्रदेश सरकारसँग माग


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सभाका महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश भित्र रहेका नेपाल भारतका सिमा नाकामा होल्डिङ्ग सेन्टरसहितको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

समितिको बैठकले छिमेकी मुलुक भारतसँग सिमा जोडिएको मधेस प्रदेशमा कोरोना महामारीको जोखिम उच्च रहेकोले तत्काल सिमा नाकाको भारतबाट आउने यात्रुको लागि होल्डिङ्ग सेन्टर, हेल्प डेस्क, एन्टीजेन टेस्ट तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

समितिका सभापति जयनुल राइनको सभापतित्वमा भएको बैठकले कोरोना भाइरस छिटै नै सर्ने गरेकोले पनि त्यसमा कुनै लापरबाही नगरी तत्काल सिमा नाकाहरूमा कडाइ गर्न निर्णय गरिएको प्रदेश सभा सचिवालय सचिव रञ्जित यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अन्य प्रदेशहरूमा होल्ङ्गि सेन्टरहरूको निर्माण भइरहे पनि मधेस प्रदेशमा अहिलेसम्म त्यसको गृहकार्य देखिएको छैन ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ५३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट