यातायात मन्त्री घनश्यामले गृह जिल्ला चितवनबाट शुरु गरे नमुना कार्यालय बनाउने अभियान « Khabarhub

यातायात मन्त्री घनश्यामले गृह जिल्ला चितवनबाट शुरु गरे नमुना कार्यालय बनाउने अभियान


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– वागमती प्रदेशका श्रम तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बसेर घुस खाने कर्मचारी कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार भरतपुरस्थित यातायात सेवा कार्यालयको अनुगमन पश्चात कर्मचारीलाई निर्देशन दिदै मन्त्री दाहालले कुनै बहानामा गरीब जनताबाट घुस लिएको खबर आए कर्मचारीलाई हदसम्म कारबाही गर्ने बताए ।

चितवनमा केही दिन अगाडि एउटै यस्तै घटना बाहिरा आएको छ, सेवाग्राहीलाई समस्या देखाएर घुस खाने काम बन्द गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

मन्त्री दाहालले सेवाग्राहीहरुलाई सम्बोधन गर्दै कर्मचारीहरुले बढी पैसा मागे अख्तियार दुरुपयोग आयोगमा उजुर गर्न आग्रह गरे ।

मन्त्री दाहालले वागमती प्रदेशमा यातायात सेवामालाई नमुना बनाउने अभियानमा गृह जिल्ला चितवनबाट सुरु गरेको उल्लेख गरे ।

वागमती प्रदेशको यातायात मन्त्रीको कार्यभार सम्मालेसगैँ यातायातको क्षेत्रमा वागमती प्रदेशलाई मुलुककै नुमना बनाउने घोषण गरेका थिए ।

यातायात व्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि यो सेवालाई जनमुखीसगैँ गुनासोरहित बनाउने अभियानको क्रममा यातायात सेवा कार्यालय भरतपुर चितवनमा पुगेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ०२ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक