राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु | Khabarhub Khabarhub

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन ।’

आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा आचरणहरु पालना गर्न/गराउन सबैसँग अनुरोध गरेको छ ।

यसैबीच उक्त निर्वाचनका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदान गर्न सकिने छ ।

आयोगका अनुसार स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ ।

नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : ५९ बजे

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

जेरुसलेम- इजरायली सेनाले आइतबार गाजाका ठूलो जनसङ्ख्या भएका तीन क्षेत्रमा

प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल

युद्धविराम हुने आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच आइतबार पनि झडप जारी

साम्राओङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आइतबारको बैठकमा सदस्यहरूले तराईमा पानी नपर्नाले भएको समस्यादेखि

भोजपुरका युवा पुरानो रीतिरिवाज र संस्कृति जोगाउन सक्रिय

टक्सार– स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको