टेकु अस्पतालले सच्चायो यसअघिको निर्णय, भोलिदेखि नियमित खोप अभियान चलाइने « Khabarhub

टेकु अस्पतालले सच्चायो यसअघिको निर्णय, भोलिदेखि नियमित खोप अभियान चलाइने


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ ।

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो ।

तर, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : १० बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र