विश्वभर ३५ करोड बढीमा संक्रमण पुष्टि हुँदा : २८ करोडले जिते कोरोना « Khabarhub

विश्वभर ३५ करोड बढीमा संक्रमण पुष्टि हुँदा : २८ करोडले जिते कोरोना


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १७ लाख ६३ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड १५ लाख नाघेको हो।

अहिलेसम्म विश्वभर ३५ करोड ४४ लाखमा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १८ लाख ९४ हजारमा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै २४ घण्टामा ५ हजार ७ सयको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख २१ हजार नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

यूरोपमा ११ करोड ५० लाख, अफ्रिकामा १० करोड ७७ लाख, एसियामा ९ करोड ५१ लाख, उत्तर अमेरिकामा ८ करोड ५० लाख, दक्षिण अमेरिकामा ४ करोड ६० लाख र महासागरमा २४ लाख १८ हजारमा सङ्क्रमण पुष्टि भएको छ।

वल्डोमिटरका अनुसार अझै पनि विश्वभर ६ करोड ७२ लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल छ र बाँकीको अवस्था सामान्य छ।

नेपालमासमेत पछिल्ला दिन संक्रमण तीव्र बन्दै गएको छ। सरकारले ओमिक्रोन तीब्र फैलिएकाले स्वास्थ्य मापदण्ड पूरा गर्न अनुरोध गर्दै आएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या मात्र ८२ हजार नाघेको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : २५ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र