विश्वभर ३५ करोड बढीमा संक्रमण पुष्टि हुँदा : २८ करोडले जिते कोरोना « Khabarhub

विश्वभर ३५ करोड बढीमा संक्रमण पुष्टि हुँदा : २८ करोडले जिते कोरोना


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १७ लाख ६३ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड १५ लाख नाघेको हो।

अहिलेसम्म विश्वभर ३५ करोड ४४ लाखमा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १८ लाख ९४ हजारमा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै २४ घण्टामा ५ हजार ७ सयको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख २१ हजार नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

यूरोपमा ११ करोड ५० लाख, अफ्रिकामा १० करोड ७७ लाख, एसियामा ९ करोड ५१ लाख, उत्तर अमेरिकामा ८ करोड ५० लाख, दक्षिण अमेरिकामा ४ करोड ६० लाख र महासागरमा २४ लाख १८ हजारमा सङ्क्रमण पुष्टि भएको छ।

वल्डोमिटरका अनुसार अझै पनि विश्वभर ६ करोड ७२ लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल छ र बाँकीको अवस्था सामान्य छ।

नेपालमासमेत पछिल्ला दिन संक्रमण तीव्र बन्दै गएको छ। सरकारले ओमिक्रोन तीब्र फैलिएकाले स्वास्थ्य मापदण्ड पूरा गर्न अनुरोध गर्दै आएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या मात्र ८२ हजार नाघेको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : २५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक