नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति दिइने « Khabarhub

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति दिइने


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति रु पाँच सय र भीआईपीतर्फ रु एक हजार टिकट दर कायम गरेको छ ।

मरिससविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्ने भएका छन् । एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ०२ बजे

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका

दुई नायिकाको फ्लप डेब्यू

काठमाडौं – नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र

पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी

भक्तपुर– गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा

कुमारी बैंक पीसीएएफमा आबद्ध

काठमाडौं– कुमारी बैंक लिमिटेडले ‘वित्तीय संस्थाहरूका लागि कार्बन लेखांकन साझेदारी’