बागमतीमा गठबन्धनका उम्मेदवार विजयी | Khabarhub Khabarhub

बागमतीमा गठबन्धनका उम्मेदवार विजयी


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– राष्ट्रिय सभा सदस्य अन्तर्गत दुई सिटका लागि भएको चुनावमा बागमतीमा गठबन्धन विजयी भएको छ ।

गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

बुधबार सम्पन्न चुनावमा तिमल्सिनाले स्थानीय तहतर्फबाट ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरिन् भने पौडेलले स्थानीयतहतर्फ ११७ मत अर्थात् २१०६ मतभार प्राप्त गरेका छन् ।

यस्तै, तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २७३६ मतभार गरी कुल ४८२४,पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गरेका छन् ।

यस्तै, एमालेबाट महिलातर्फका उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार पाएकी छिन् ।

कुँवरले जम्मा ४३६२ मतभार प्राप्त गरिन् । एमालेबाटै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ उनले ४७ मत अर्थात् २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गरेका छन् ।

यस्तै, नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार मात्र पाइन् ।

प्रदेश र स्थानीय तह दुवैतर्फबाट काफ्लेको कुल ८४ मतभार प्राप्त भयो । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरे । उनको कुल मतभार ८४ हो ।

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा भएको भएको चुनावमा ३ सय ४३ मत खसेको थियो । चुनावमा बागमती प्रदेशसभाका १०९ जना सांसदमध्ये १०६ जनाले मतदान गरेका थिए ।

यस्तै, स्थानीय तहका २ सय ३७ जना जनप्रतिनिधीले चुनावमा भोट हालेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ५६ बजे

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो

आजका समाचार : दश वामशक्तिबीच एकता, झलनाथ पनि मिसिए, रामकुमारीहरू एमालेतिर जाने र अमेरिकी सरकारी शटडाउन इतिहासकै लामो

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित नेकपा (माओवादी केन्द्र)र

नाचगानबाट संकलित रकम सडक निर्माणमा सहयोग

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले

सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ