जनमत पार्टीका सात कार्यकर्ता हिरासतमा | Khabarhub Khabarhub

जनमत पार्टीका सात कार्यकर्ता हिरासतमा


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रियसभाको चुनावमा अवरोध गर्ने क्रममा तोडफोडमा उत्रिएका जनमत पार्टीका सात कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषा औरही गाउँपालिका–५ का विमलेश मण्डल, सप्तरी कञ्चनरुप नगरपालिका–१ का पप्पु पञ्जियार, सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका–२ का सुशीलकुमार मण्डल, सिरहाको सिरहा नगरपालिका–४ का जिवछ यादव, सप्तरी बोदेबर्साइन नगरपालिका–१ का अर्जुन साह, महोत्तरी एकडारा गाउँपालिका–४ का रामविनय पासवान र सर्लाही कविलासी नगरपालिका–२ का सुवेक मण्डल रहेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक राईले जनाएका छन् । प्रहरीसँगको झडपमा जनमत पार्टीका केही कार्यकर्ताका साथै चार प्रहरी पनि घाइते छन् ।

स्थिति नियन्त्रणमा लिन ४२ राउण्ड अश्रुग्याँस प्रहार गरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जनमत पार्टीका कार्यकर्ताले प्रदेश सांसद्, पालिका प्रमुख र उपप्रमुखहरू सवार सरकारी गाडी तोडफोड गरेका थिए । गाडीमा सवार पाँच जनप्रतिनिधि घाइतेसमेत भएका छन् ।

सर्लाहीका प्रदेश सांसद् अशोक यादवको हात नै भाँचिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ४८ बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको

म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले

पुटिनलाई स्वागत : अलास्कामा बी २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश

अलास्का – अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको