जनमत पार्टीका सात कार्यकर्ता हिरासतमा « Khabarhub

जनमत पार्टीका सात कार्यकर्ता हिरासतमा


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रियसभाको चुनावमा अवरोध गर्ने क्रममा तोडफोडमा उत्रिएका जनमत पार्टीका सात कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषा औरही गाउँपालिका–५ का विमलेश मण्डल, सप्तरी कञ्चनरुप नगरपालिका–१ का पप्पु पञ्जियार, सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका–२ का सुशीलकुमार मण्डल, सिरहाको सिरहा नगरपालिका–४ का जिवछ यादव, सप्तरी बोदेबर्साइन नगरपालिका–१ का अर्जुन साह, महोत्तरी एकडारा गाउँपालिका–४ का रामविनय पासवान र सर्लाही कविलासी नगरपालिका–२ का सुवेक मण्डल रहेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक राईले जनाएका छन् । प्रहरीसँगको झडपमा जनमत पार्टीका केही कार्यकर्ताका साथै चार प्रहरी पनि घाइते छन् ।

स्थिति नियन्त्रणमा लिन ४२ राउण्ड अश्रुग्याँस प्रहार गरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जनमत पार्टीका कार्यकर्ताले प्रदेश सांसद्, पालिका प्रमुख र उपप्रमुखहरू सवार सरकारी गाडी तोडफोड गरेका थिए । गाडीमा सवार पाँच जनप्रतिनिधि घाइतेसमेत भएका छन् ।

सर्लाहीका प्रदेश सांसद् अशोक यादवको हात नै भाँचिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ४८ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक