तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश सरकारको निर्देशन « Khabarhub

तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश सरकारको निर्देशन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किसान आन्दोलनका नाममा तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश प्रदेश सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीका कार्यकर्ताहरूका हिंसाजन्य गतिविधिप्रति आपत्ति जनाउँदै कारबाहीका लागि निर्देशन दिएका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरूको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गरेका थिए । उनीहरूको आक्रमणबाट प्रदेश सांसद् अशोक यादव, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँ, उपमेयर रेणुका पौडेल, जलेश्वर अस्पतालका मेसु डा. सतिश साहलगायत घाइते भएका छन् ।

उनीहरूमाथि गरिएको साङ्घातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोडको घटनाको वास्तविकता छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कारबाही गर्नसमेत सम्बन्धित निकायलाई प्रदेश सरकारले निर्देशन दिएको छ ।

बुधबार सरकारीसहित आठ सवारी साधनमा तोडफोड गरिएको थियो । घटनामा पाँच जनप्रतिनिधि घाइते भएका छन् ।

यसैबीच, तोडफोडमा संलग्न जनमत पार्टीका सात जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : २७ बजे

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा