डेढ दशकमा झापामा १३ जंगली हात्ती मरे | Khabarhub Khabarhub

डेढ दशकमा झापामा १३ जंगली हात्ती मरे


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– २०६२ सालयता झापामा १३ जंगली हात्ती मरेका छन् । झापाको विभिन्न वनमा रहेकामध्ये १३ वटा जंगली हात्ती मरेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिए । ‘सबै हात्ती कालले नै मरेको देखिन्छ । केही जंगलमा मृत अवस्था भेटिएका छन् । केही भने खेतको दहमा भासिएर पनि मरेका छन्,’ उनले भने ।

झापाको मागुरमाणी, तेलपानी, वबहुवन, तेलपानी, पाँच पोखरी, जुकेखाडी, दहीझोडा, जामुनबाडी, जलथल, रतुवामाई, चारआली, दुम्सेलगायतका जंगलमा हात्ती घुम्ने गरेको उनले बताए । हाल झापाका जंगलमा १३ देखि १८ वटासम्म रैथानो हात्ती रहेको हुनसक्ने अनुमान रहेको भट्टराईले जानकारी दिए । ‘गणना त भएको छैन । तर, १३ देखि १८ वटासम्म हात्ती छन् भन्ने अनुमान गरिएको छ,’ उनले भने ।

डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ यता झापामा हात्तीको आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ । यो तथ्यांक डिभिजन वन कार्यालयमा निवेदन दिनेको भएको उनले बताए । योभन्दा अन्यको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालयको अनुमान छ ।

वन क्षेत्रभन्दा बाहिर हात्तीको आक्रमणमा परी मृत्यु भएको छ भने डिभिजन वन कार्यालय झापाको सिफारिसमा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रले राहत दिने गरेको सूचना अधिकारी भट्टराईले जानकारी दिए । हात्ती आक्रमणमा परी मृत्यु भएको भए अहिले ५० हजार किरिया खर्च र १० लाख मृतकको परिवारलाई राहत दिने गरेको उनले बताए । वन क्षेत्रमा भए राहत उपलब्ध नहुने उनको भनाइ छ ।

यस्तै, घाइतेको हकमा बढीमा दुई लाखसम्म उपचार खर्च पाउने भट्टराईले बताए । ‘हात्ती मांसहारी जनवार हैन । यसलाई अवरोध गर्‍यो भने । उसले असुरक्षित महसुस गर्‍यो भने र ढुंगामुडा ग¥यो भने आक्रमण गर्न सक्छ,’ भट्टराईले भने ।

झापामा दैनिक कुनै न कुनै बस्तीमा हात्ती पसेर घरमा राखेको अन्न खाने, घर भत्काउने गरेको छ । घर भत्किएको र अन्नबाली क्षति गरेको हकमा पनि राहत पाउने गरेको भट्टराईले बताए । ‘घर भत्काएको र अन्नबाली नस्ट गरेमा निवेदन हाल्न सकिन्छ । निवेदनपछि मूल्यांकन समिति हुन्छ । यसले स्थलगत अनुगमन गर्छ,’ उनले भने, ‘अनुगमनपछि कोशी टप्पु वन्यजन्तु आरक्षणलाई सिफारिस गर्ने हो । घरको १० हजार र अन्नबालीको क्षतिको १० हजारसम्म पाउने व्यवस्था छ ।’

भारतसँग सीमा जोडिएको झापामा विगतमा भारतबाट हुलकाहुल हात्ती नेपाल प्रवेश गर्थे । स्थानीयको अन्नबाली र घरमा क्षति पुर्‍याउँथे । तर, केही वर्ष अघि विद्युतीय तारबार लगाएपछि त्यो क्रम घटेको सूचना अधिकारी भट्टराईले बताए । मेचीनगर पूर्वोत्तर तिरिङदेखि काँकडभिट्टा नजिकसम्म १८ किलोमिटर विद्युतीय तारबार गरिएको उनले बताए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १ : १० बजे

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा