अनमोलको व्यस्तता: दुई महिनामा दुई फिल्म ! « Khabarhub

अनमोलको व्यस्तता: दुई महिनामा दुई फिल्म !


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवास्टार अनमोल केसीको व्यस्तता यतिबेला किन पनि बढेको छ भने यस वर्ष बाँकी रहेका दुई महिनामा उनका दुई फिल्म देखिँदैछन् ।

फागुन १७ गतेदेखि रिलिज हुने फिल्म ‘क्याप्टेन’ को जोडतोडका साथ प्रचार गरिएको छ । अनमोलको मात्र नभएर भुवन केसीको पनि व्यस्तता बढाएको छ फिल्मले । फिल्मको प्रचारका लागि अनमोल यतिबेला खुलेरै मिडियालाई समय दिएका छन् भने सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन् ।

हुन त फिल्मको प्रचारमा सक्रिय हुने अनमोलको बानीको धेरैले तारिफ समेत गर्छन् भने कतिले स्टारडमको कारणका रुपमा पनि हेर्ने गर्छन् ।

‘ए क्याप्टेनमा मात्र हैन, लगत्तै रिलिज हुने उनको अर्को फिल्म ‘ए मेरो हजुर ३’ को प्रचारमा पनि उनी सक्रिय छन् यतिबेला ।

अनमोल फिल्म ‘क्याप्टेन’ को प्रचारका लागि आजै नेपालगञ्ज उडेका छन् । यता आइतबार फिल्म ‘ए मेरो हजुर ३’ टिजर सार्वजनिक हुन्छ भनेर सामाजिक सञ्जालमा लेखिसकेका छन् । आफ्नो इन्स्टाग्राम एकाउन्टमा पनि उनले दुवै फिल्मसँग सम्बन्धित पोस्टर सार्वजनिक गरेका छन् ।

तर अनमोलका लागि अर्को थ्रेट के छ भने उनले अभिनय गरेको पछिल्लो फिल्म ‘कृ’ ले दर्शकको मन जित्न सकेको थिएन । यो फिल्मका लागि उनले दुःख भने निकै गरेको बताएका थिए । अहिले उनी फिल्म ‘क्याप्टेन’ मा पनि आफूले निकै दुःख गरेको बताउँदै आएका छन् ।

ट्रेलरबाट फिल्मले राम्रो प्रतिक्रिया त पाएको छ तर पनि ट्रेलरकै आधारमा फिल्म सुपरहिट होला भनेर अनुमान गर्न सकिने अवस्था छैन ।

अर्कातिर भोलि टिजर सार्वजनिक हुने फिल्म ‘ए मेरो हजुर ३’ फिल्मको रिलिज मिति चैत्र २९ गतेलाई तोकिएको छ । यदि ‘क्याप्टेन’ ले व्यापारिक रुपमा राम्रो प्रतिक्रिया पाउन सकेन यसको असर ‘ए मेरो हजुर ३’ मा पनि पर्ने फिल्मकर्मीले अनुमान गरेका छन् ।

महिनाको अन्तरालमा फिल्म रिलिज हुन लागेकाले अनमोलको व्यस्तता बढ्नु स्वभाविक त हो तर फिल्म छिटो रिलिज हुँदा दर्शक मोनोटोनस हुने हुन् कि भन्ने प्रश्न पनि उठेको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : ११ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा