मोदीले लिए दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीको सपथ « Khabarhub

मोदीले लिए दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीको सपथ


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । दिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार साँझ आयोजित समारोहमा मोदीले भारतको १५औँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका हुन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई सपथ खुवाएका हुन् । यसअघि सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री भएका मोदीले यसपटक पनि राष्ट्रपति भवनको प्रांगणमा नै शपथ लिएका छन् । मोदीका साथै केन्द्र सरकारमा सामेल क्याबिनेट मन्त्रीहरुले पनि सपथ लिएका छन् ।

यस पटक मोदी सरकारको मन्त्रिमण्डलमा नयाँ अनुहारले पनि स्थान पाएका छन् । रामनाथ सिंह, अमित शाह, नितिन गड्करी, सदानन्द गौंडा, निर्मला सीतारमणले मन्त्रीको सपथ लिएका छन् । यस्तै, रामविलास पासवान, नरेन्द्रसिंह तोमर र रविशंकर प्रसादले पनि मन्त्रीको सपथ लिए । यसैगरी थावरचन्द गहलोत, हरसिमरत कौर बादल, एस जयशंकर, मुख्तर अब्बास नाक्भी, रमेश पोखरियाल निशंक, अर्जुन मुण्डा, स्मृति इरानी, डा. हर्षबद्र्धन, प्रकाश जावडेकर, पियुष गोयल, धमेन्द्र प्रधान, महेन्द्रनाथ पाण्डेलगायतका मन्त्रीले सपथ लिएका छन् ।

मोदीको क्याबिनेट मन्त्रीमा सामेल एस जयशंकरलाई नेपालमा लगाएको नाकाबन्दीको डिजाइनरमध्येका एक मानिन्छ । २०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाब दिएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ८ : ०९ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण