काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्रीमा झर्यो « Khabarhub

काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्रीमा झर्यो


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको तापक्रम झण्डै १ डिग्रीले घटेको छ। हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ सम्म झरेको थियो। शनिबार दिउँसो र राति मौसम सफा हुने देखिएकाले न्यूनतम तापक्रम अझै घट्ने सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनका अनुसार राति बादल लाग्दा जमिन चिसो हुन पाउँदैन र बिहानको तापक्रम बढ्छ। तर राति आकाश खुल्दा जमिन चिसो भएर बिहानको तापक्रम घट्छ।

यसैबीच अहिले तराईमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले बताएका छन्। वर्षा र हिमपात गराउने प्रणाली नभएकाले आज दिउँसो देशका धेरै ठाउँको मौसम सफा हुने मौसमविद् पौडेलको भनाइ छ।

पहाडी भेगमा भने आशिंक बदली हुने सम्भावना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : ४४ बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान