खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट « Khabarhub

खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट – जिल्लाको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो ।

आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताए। ‘विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं’, उनले भने, ‘यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।’

नगरपालिकाको कृषि शाखाबाट अनुगमन गर्दा डडुवा रोगबाट आलु नष्ट भएको जानकारी आएको नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए। ‘डडुवाले आलु नष्ट भएका किसानलाई राहत दिइनेछ ।’

केही बारीमा रोगले छुन नसकेपनि केहीबारीमा पुरै नष्ट भएको नगरपालिका कृषि शाखाका प्रमुख भक्तिप्रसाद पाण्डेले जानकारी दिए । ‘हामीले अनुगमन गर्दा रसायनिक विषादी प्रयोग गरेको तर प्राविधिक सरसल्लाह विना प्रयोग गरेको देखिएको हुनाले एकदमै डडुवा रोगको समस्या आएको पायौं’, उनले भने, ‘रोग नियन्त्रण गर्न आवश्यक प्रक्रिया थालेका छौ ।’

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ४२ बजे

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको

धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ?

काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी– पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ