मनाङमा बुस्टर खोप | Khabarhub Khabarhub

मनाङमा बुस्टर खोप


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार प्राथमिकतामा पर्ने सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, विभिन्न बिरामी साथै अन्य सर्वसाधारणलाई पनि बुस्टर खोप लगाउन थालिएको छ ।

आचार्यका अनुसार प्राथमिकतामा पर्ने सँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको हो। मनाङमा १८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन। पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना रहेको उनले बताए।

उनका अनुसार यसअघि चामे गाउँपालिकामा बुस्टर खोप लगाउन सुरु गरिएकोमा तल्लो क्षेत्रको नासों गाउँपालिकामा आइतबारदेखि बुस्टर खोप लगाउन थालिएको छ। माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा माघ २० बाट लगाउने तयारी छ।

नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार भएको छ। मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । ०७७ माघ महिनामा १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लामा कोरोनाको खोपलाई प्राथमिकतामा राखिएको बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ८ : १९ बजे

पर्सामा हैजा, छिमेकी जिल्लामा त्रास : १० दिनसम्म कारण पत्ता लागेन

काठमाडौं – पर्सामा भदौ ५ गते पुष्टि भएको हैजाको प्रकोप

स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान

रामेछाप– रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ