श्री एयरलाइन्सले थप्यो जहाज, सुर्खेत र तुम्लिङटारमा उडान थप्ने | Khabarhub Khabarhub

श्री एयरलाइन्सले थप्यो जहाज, सुर्खेत र तुम्लिङटारमा उडान थप्ने


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ ।

श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो ।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिए। क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौँ आइपुगेको कम्पनीले जनाएको छ ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ । थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिए।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : १७ बजे

दशैँमा सन्तुलित भोजन गरौं, नयाँ नयाँ ठाउँ घुमौं

झोल हालेर मासु, तारेर मासु, सुकाएर मासु, अचार बनाएर मासु

प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह

काठमाडौं– तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र

देशका अधिकांश भूभागको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत

मिल्टन आँधीले अमेरिकामा १६ जनाको मृत्यु

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्य भएर गएको मिल्टन आँधीका कारण

आज महानवमी : तलेजु भवानी मन्दिर खोलिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी