आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप लगाइने « Khabarhub

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप लगाइने


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि खुलेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । त्यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ ।

यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ । खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : २३ बजे

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको

धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ?

काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी– पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ