अव्यवहारिक शुल्क रोक्न आग्रह « Khabarhub

अव्यवहारिक शुल्क रोक्न आग्रह


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क-जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको छ । अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधन फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायबाट विभिन्न शीर्षकमा शुल्क-जरिवाना असुल्ने कार्य भईरहेको बताए।

औद्योगिक प्रयोजनले विराटनगर नाका मार्फत नेपाल भित्रिनु पर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडक खण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भिमनगर–भन्टाबारी नाकाका लागि रि–रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य रहेको उनले बताए।

उनले त्यसबाट नेपाली आयातकर्ताले लागत खर्च वृद्धिको मार परेको अवस्थामा नेपाली पक्षबाटसमेत त्यस प्रकारका अनुचित असुली हुँदा स्वदेशी उद्योग-व्यवसायलाई थप व्ययभार परेको तथा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने काम भईरहेको बताउँदै सो अनुचित असुली कार्यको तत्कालै अन्त्य गर्न सम्बन्धित निकायलाई यथाशिघ्र निर्देशनजारी गरिदिन आग्रह गरे ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ५५ बजे

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबिबिएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू