महमा अखाद्य तत्व मिसाई व्यवसाय गर्नेलाई कारवाहीको माग | Khabarhub Khabarhub

महमा अखाद्य तत्व मिसाई व्यवसाय गर्नेलाई कारवाहीको माग


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको कारवाहीप्रति नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले स्वागत गरेको छ ।

सिआइबीले काठमाडौँ महानगरपालिका–२७ ज्याठामा मह व्यवसायको नाममा एक व्यवसायीले अखाद्य तत्व मिसाई मह भनी अखाद्य वस्तु विक्री वितरण गर्ने कारखानामा छापा मारेको कार्यले गलत कार्य गर्नेहरु निरुत्साहित भइ वास्तविक महको कारोवार गर्ने व्यवसायीलाई उत्साहित गरेको सङ्घले विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ । व्यवसायको नाममा उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने अपराधीलाई कानूनको कठघरामा उभ्याई सजाय दिलाउनसमेत सङ्घले विज्ञप्तिमार्फत माग गरेको छ ।

आर्थिक उपार्जन, रोजगारी सिर्जना, जनताको जीवनस्तरमा सुधार र जीविकोपार्जनका साथै कृषि जैविक विविधता एवं पर्यावरण संरक्षणसँग प्रत्यक्ष रुपमा योगदान पुर्‍याई एग्रीकल्चर, हर्टीकल्चर र फरेष्ट्रीको उत्पादन र उत्पादकत्वसँग समेत गाँसिएको मौरीपालन व्यवसायलाई संस्थागत गर्दै लैजाने सरकारको लक्ष्यलाई यस्ता गलत क्रियाकलाप र प्रचारले असर पर्ने भएकाले सबैले गम्भीर हुनुपर्नेमा पनि सङ्घले आग्रह गरेको छ ।

महको गुण र फाइदाबारे सही जानकारी दिनु पर्नेमा सो विषयलाई लिएर केही सञ्चार माध्यमले नकारात्मक प्रचारप्रसार गरेको हुँदा त्यसले मौरी र मह व्यवसायी, व्यवसायमा संलग्न कृषक र उपभोक्तामा पर्न गएको भ्रमप्रति सङ्घको ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा केही सञ्चार माध्यममा महबाट क्यान्सर समेत हुन्छ भनी भ्रमपूर्ण समाचार प्रचारप्रसार हुनु दुःखद् कुरा भएको भन्दै यस्ता भ्रामक र नकारात्मक प्रचारले सिङ्गो मौरीपालन व्यवसाय, मह व्यवसायी र यसमा संलग्न कृषकलाई धक्का पुगी उपभोक्तामा मह सेवन गर्न नै शङ्का उत्पन्न भएकामा चिन्ता व्यक्त गरिएको छ ।

गुणस्तरीय मह उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साह गर्न र गलत क्रियाकलाप गर्नेमाथि कडा कारवाहीको माग गर्दै सङ्घले कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादवसहित मन्त्रालयका सचिव तथा कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल उद्योग वाणिज्य महासङ्घलाई समेत ज्ञापनपत्र दिएको छ ।

ज्ञापनपत्रमा कृषकको ठूलो लगानी रहेको मौरीपालन व्यवसायलाई धरासाही हुनुबाट जोगाउन, बजारमा बिना लेबल बिक्री वितरण भइरहेका महबारे छानबिन गरी बिक्री वितरण रोक्न, गुणस्तरीय मह उत्पादन गर्ने र लेबललाई अध्यावधिक गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न तथा उपभोक्तामा गुणस्तरीय मह पहिचान गरी मह सेवन गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १२ : २५ बजे

संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै

दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायरमा कर्णाली याक्सका

चिसोमा हात खुट्टाका औँला सुन्निन्छन् ? यसो गर्नुहोस् 

काठमाडौं– चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले हात खुट्टा सुनिने र औँलाहरूमा

‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर