महोत्तरीमा ७० प्रतिशत मुद्दा फर्छ्यौट हुन बाँकी « Khabarhub

महोत्तरीमा ७० प्रतिशत मुद्दा फर्छ्यौट हुन बाँकी


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक, मंसिर र पुस महिनामा एक ९८ वटा मुद्दा दायर भएका छन् । विभिन्न शीर्षकमा कात्तिकमा ५४ वटा, मंसिरमा ६७ र पुसमा ७७ वटा गरी एक ९८ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक ९८ मुद्दाका लागि एक सय ४९ जना अनुसन्धानका लागि पक्राउ परेका थिए । जसमध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने ७३ जनालाई धरौटीमा छाडिएको छ । तीन जना नाबालक भएको कारण अभिभावकको जिम्मा लगाएको, एक जनालाई बालसुधार गृहमा लगिएको, ४७ जनालाई अनुसन्धानको क्रममा राखिएको र एक जना फैसला भएपछि फरार रहेको कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

एक सय ९८ वटा मुद्दामध्ये अहिलेसम्म एक जनालाई फैसलापछि एक वर्ष एक महिना जेल सजाय र एक लाख १६ हजार जरिवाना गर्ने आदेशअनुसार कारवाही भैइरहेको प्रवक्ता विष्टको भनाइ छ ।

प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये धेरैजसो लागुऔषध ओसारपसार तथा कारोबार कसुर र सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरका मुद्दा छन् । यो तीन महिनामा लागुऔषध ओसारपसार तथा कारोबारका ३० वटा मुद्दा छन् भने २८ वटा सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर भएको प्रहरीको तथ्यांक छ ।

जबर्जस्ती करणी, शरीर बन्धकलगायत गम्भीर प्रकृतीका नौ वटा मुद्दासमेत दर्ता भएका छन् तर पर्याप्त प्रमाणका अभावमा कुनैपनि मुद्दा निष्कर्षमा पुग्न सकेका छैनन् ।

प्रहरी कार्यालयमा मुद्दा हाल्ने तर पीडितले न्याय नपाउने अवस्थाले महोत्तरीमा सर्वसाधारण आचेल कम मुद्दा लिएर जाने गरेको जानकारहरू बताउँछन् ।

मुद्दाको प्रकृती हेरेर प्रहरीले पर्याप्त प्रमाण बटुली पीडितलाई न्याय दिलाउन तत्काल लागि पर्नुपर्ने भएतापनि जिल्लामा कमै मुद्दा मात्र फर्छ्यौट भएको प्रहरीकै तथ्यांकले देखाएको छ ।

जिल्लामा दर्ता भएका एक सय ९८ वटा मुद्दामध्ये अहिलेसम्म ९४ वटा मात्र फर्छ्यौट भएको छ भने एक सय चार वटा मुद्दा अझै बाँकी छन् । कतिपय मुद्दा त दबाबका कारण प्रहरीले बाहाना बनाएर लिनै नमान्ने गरेको पनि गुनासो छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १ : ४९ बजे

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

सिटीले उचाल्यो काराबाओ कपको उपाधि

काठमाडौँ – म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ ।

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

गण्डकी– सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९

अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

काठमाडौँ– नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,