जुम्लामा एक दशकमा १० हजार जनसङ्ख्या वृद्धि | Khabarhub Khabarhub

जुम्लामा एक दशकमा १० हजार जनसङ्ख्या वृद्धि


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला–राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०।८८ प्रतिशत रहेको छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ रहेको छ । विसं २०६८ मा जुम्लाको जनसङ्ख्या एक लाख आठ हजार ९२१ रहेको थियो । जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या चन्दननाथ नगरपालिकाको रहेको छ । सबैभन्दा कम जनसङ्ख्या गुठीचौर गाउँपालिकाको रहेको छ ।

चन्दननाथ नगरपालिकाको जनसङ्ख्या २० हजार ९७३ रहेको छ । त्यहाँ पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ रहेका छन् । नगरपालिकाभित्र पाँच हजार ३६७ परिवार संख्या छ । यस्तै गुठीचौर गाउँपालिकाको जनसङ्ख्या १० हजार ८९१ रहेको छ । त्यहाँ पुरुष पाँच हजार ३४४ र महिला पाँच हजार ५४७ छन् । गुठीचौरको परिवार सङ्ख्या दुई हजार ४५१ रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।

यस्तै हिमा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ८०४ छ । पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ छन् । त्यहाँको परिवार सङ्ख्या दुई हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसङ्ख्या १३ हजार ६८७ छ । पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन् ।

पातारासी गाउँपालिकाको जनसङ्ख्या १६ हजार ८८१ छ । पुरुष आठ हजार ३४९ र महिला आठ हजार ५३२ छन् । पातारासीको परिवार सङ्ख्या तीन हजार ३७४ रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ । सिञ्जा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७५५ छ । पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन् । सिञ्जामा परिवार सङ्ख्या दुई हजार ४२७ रहेको छ ।

यस्तै तातोपानी गाउँपालिकाको जनसङ्ख्या १५ हजार ७२१ रहेको छ । पुरुष सात हजार ७२८ र महिला सात हजार ९९३ छन् । परिवार सङ्ख्या तीन हजार ३२१ रहेको छ । तिला गाउँपालिकाको जनसङ्ख्या १४ हजार ६९२ छ । पुरुष सात हजार २६१ र महिला सात हजार ४३१ छन् । परिवार सङ्ख्या दुई हजार ६६६ रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ४ : ४५ बजे

आज २०८१ साल असोज २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ