भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु « Khabarhub

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

शनिबार २:२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा७०प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् ।

उनलाई बा५ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले बसका चालक काभ्रेको बनेपा नगरपालिका–९ का ४१ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : ३४ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक