उदयपुरमा ट्र्याक्टर दुर्घटनामा छोराको मृत्यु, दाजु र बुबा घाइते « Khabarhub

उदयपुरमा ट्र्याक्टर दुर्घटनामा छोराको मृत्यु, दाजु र बुबा घाइते


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ ।

खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको त्रियुगा नगरपालिका-१ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।

शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ११ : ५२ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद