मोरङमा ६६ हजार मतदाता थपिए | Khabarhub Khabarhub

मोरङमा ६६ हजार मतदाता थपिए


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ–मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । विसं २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म सो संख्यामा मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिङ्गी चार जना थपिएका छन् । जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत महिला तीन लाख १८ हजार ७७५, पुरुष तीन लाख २६ हजार पाँच र तेस्रो लिङ्गी दुई मतदाता थिए ।

आयोगको कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रङ्गेलीमा फोटोसहितको मतदाता नामावली सङ्लन गरिएको थियो । विसं २०७७ चैत ५ गतेदेखि २०७८ पुस ३० गतेसम्म महिला २० हजार ८१२, पुरुष २३ हजार ४३४ र तेस्रो लिङ्गी चार जनाले मतदाताका रुपमा नाम दर्ता गराएका छन् ।

आयोगले मतदाता नामावली विशेष सङ्कलन कार्यक्रमअन्तर्गत मोरङका १४ स्थानीय तहमा २०७७ मङ्सिर १७ देखि पुस १८ गतेसम्म सात टोली खटाइ नामावली सङ्कलन गरिएको थियो । सो अवधिमा पुरुष १६ हजार २० र महिला सात हजार ५७८ थपिएका थिए । निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली सङ्कलन जारी रहने अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १ : ३० बजे

पोखराबाट भुटानको पारोमा अन्तरराष्ट्रिय उडान हुँदै

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका