प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक « Khabarhub

प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिलले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो।

आर्थिक वर्ष २०७५/७६ को वर्गीकरणको लागि (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) गरी ८८३ पत्रपत्रिका दर्ता भएका थिए ।

जसमध्ये क वर्गमा २१९, ख वर्गमा ४७६, ग वर्गमा १३७, घ वर्गमा १५ र नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ पत्रपत्रिका रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ को वर्गीकरणको लागि (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) गरी ८७८ पत्रपत्रिका दर्ता भएका थिए । जसमध्ये क वर्गमा २३९, ख वर्गमा ४३१, ग वर्गमा १६३, र नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ रहेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ३२ बजे

एमाले महाधिवेशनः नयाँ नेतृत्वको मतदान आज हुँदै, तयार भए ८० विद्युतीय भोटिङ मेसिन

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार